• Sunday 4th of October 2026

सामाजिक सञ्जालमा यति धेरै चर्चामा रहेको ह्युमन्स अफ बम्बेको विवाद के हो ?


  • धनकुटा खबर
  • .

काठमाडौं । कन्टेन्ट वेबसाइट ‘ह्युमन्स अफ बम्बे’ले अर्को कन्टेन्ट प्लेटफर्म ‘पीपल अफ इन्डिया’ लाई प्रतिलिपि अधिकार उल्लङ्घनको आरोप लगाउँदै दिल्ली उच्च अदालतमा याचिका दायर गरेको छ।

यस सम्पूर्ण मामिलामा अमेरिकी ब्लग ‘ह्युमन्स अफ न्यूयोर्क’का संस्थापक ब्रान्डन स्ट्यान्टनले ह्युमन्स अफ बम्बेमाथि प्रतिलिपि अधिकार उल्लङ्घनको मुद्दा दायर गरेकोमा कडा आलोचना गरेका छन् ।

शनिबार, ब्रान्डन स्ट्यान्टनले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखे ‘म आफ्नो कामको गलत तरिकाले प्रयोग हुँदा चुप रहें किनकि मलाइ लाग्छ ह्युमन्स अफ बम्बेले महत्वपूर्ण कहानीहरू शेयर गर्छ । भलै उनीहरूले यसबाट पैसा कमाएका छन् । तर तपाईलाई जुन कुराको लागि मैले माफी दिएको छु तपाईले यसका लागि मानिसहरू विरुद्ध मुद्दा दायर गर्न सक्नुहुन्न।’

२०१० मा ब्रान्डन स्ट्यान्टनले ह्युमन्स अफ न्युयोर्क ब्लग सुरु गरे। यो एक ‘फोटोग्राफिक सेन्सस’ थियो। यसमा न्युयोर्कका मानिसहरूका कथाहरू फोटोसहित छापिएको थियो। यो ब्लग सामाजिक सञ्जालमा भाइरल भयो र लाखौं फलोअरहरू प्राप्त भयो।

सन् २०१४ मा करिश्मा मेहताले ह्युमन्स अफ बम्बे सुरु गरेकी थिइन्, यसमा पनि मानिसहरूका कथाहरू फोटोसहित प्रकाशित हुन्छन्। यो पेज ठ्याक्कै ह्युमन्स अफ न्युयोर्क जस्तै छ।

ब्रान्डन स्ट्यान्टनको पोस्ट पछि, ह्युमन्स अफ बम्बेले एक विज्ञप्ति जारी गर्‍यो – “ब्रान्डन, तपाईले यो कुरालाई पूर्ण रूपमा बुझेपछि प्रतिक्रिया दिनु पर्छ। हामी हाम्रो बौद्धिक सम्पत्तिको रक्षा गर्न कोशिस गर्दैछौं।” धेरैले यस पोस्टमा प्रतिक्रिया दिँदै ह्युमन अफ बम्बेको आलोचना गरिरहेका छन्।

पत्रकार कुणाल पुरोहितले एक्समा लेखे- “२०१९ मा, ह्युमन्स अफ बम्बेले चुनावको केही समयअघि एक महिनामा मोदीसँग पाँच भागको अन्तर्वार्ता चलायो । यो पृष्ठ यस प्रकारको विज्ञापन-सामग्रीको लागि सजिलैसँग तयार थियो।”

अर्को प्रयोगकर्ता अनु कौशिक लेख्छिन्, “यो कथन जारी गरेकोमा ह्युमन्स अफ बम्बेको साहसको म प्रशंसा गर्छु, उनीहरूले निर्लज्जतापूर्वक ह्युमन्स अफ न्यूयोर्कबाट आइडिया चोरे र अब आफ्नो “बौद्धिक सम्पत्ति” को रक्षा गर्न पीपल अफ इन्डिया पेजमाथि मुद्दा हालिरहेका छन्।”

अर्की प्रयोगकर्ता स्वाती महन्तले लेखेकी छिन्– “ह्युमन अफ बम्बेले ब्रान्डनको आइडिया चोरेर पैसा कमाइरहेका छन् र अहिले ब्रान्डनलाई इमानदारी र नैतिकताको व्याख्या गरिरहेका छन्, यो अचम्मको कुरा हो ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖