• Wednesday 7th of October 2026

महिला टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई हरायो


  • धनकुटा खबर
  • .

काठमाडौँ – जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १०६ रनको लक्ष्य पछाएको भारतले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउदै १०५ रन बनाएको थियो ।

समुह ए मा रहेको भारतको यो दोस्रो खेलमा पहिलो जित हो । यस अघि भारत न्यूजिल्याण्डसँग पराजित भएको थियो । त्यस्तै पाकिस्तानको पनि यो दोस्रो खेलमा पहिलो हार हो । पाकिस्तानले यस अघि पहिलो खेलमा सिलंकालाई पराजित गरको थियो ।

अब भारतले अर्को खेल बुधबार श्रीलंकाविरुद्ध खेल्ने हच भने पाकिस्तानले शुक्रबार अस्ट्रेलियाको सामना गर्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖