• Wednesday 7th of October 2026

यी हुन् एनपिएलका आठ टिमले अक्सनमार्फत् भित्र्याएका ८० नेपाली खेलाडी


  • धनकुटा खबर
  • .

नेपाल प्रिमियर लिग (एनपिएल) का विभिन्न टोलीमा खेलाडी आबद्ध गर्नका लागि आइतबार बोलकबोल (अक्सन) भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी मंसिर १६ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने प्रतियोगिताका खेलाडी आठ टोलीले १०-१० खेलाडी आफ्नो टोलीमा भित्र्याएका हुन्।

घरेलु खेलाडीलाई तीन क्याटागोरीमा विभाजन गरिएको थियो। ए क्याटागोरीलाई १० लाख, बी क्याटागोरीलाई १० लाख र सी क्याटागोरीलाई २ लाखबाट खेलाडी अक्सन सुरु गरिएको थियो। जसमा एलाई उच्चतम १५ लाख, बीलाई १० लाख र सीलाई ५ लाख रुपैयासम्म मूल्य तोकिएको थियो।

जसमा ए क्याटागोरीम रहेका खेलाडी १५ लाख रूपैयाँसम्म बिक्री भए। यससँगै अब प्रत्येक टोलीले ११-११ खेलाडी भएका छन्। सबै टोलीमा यसअघि एक एक खेलाडी मार्कीको रुपमा भित्रिएका थिए। आज १०-१० खेलाडी अक्सनबाट भित्रिएका छन्। तीन-तीन खेलाडी ए र सी क्याटागोरी तथा चार खेलाडी बी क्याटागोरीबाट टोलीमा आबद्ध भए।

अब चार चार विदेशी खेलाडी र एक स्थानीय खेलाडी आबद्ध भएसँगै प्रत्येक टोलीमा १६-१६ खेलाडी हुनेछन्।

हेर्नुहोस् कुन टोलीमा को खेलाडी आबद्ध भए

विराटनगर किंग्स
सन्दीप लामिछाने – मार्की
लोकेश बम
प्रतिश जीसी
बशीर अहमद
राजेश पुलामी मगर
जितेन्द्र कुमार मुखिया
अनिल खरेल
दिपक बोहरा
सुभाष भण्डारी
नरेन भट्ट
मृनाल गुरुङ

चितवन राइनोज
कुशल मल्ल – मार्की
रिजन ढकाल
कमल सिंह ऐरी
शरद भेषावकर
बिपिन रावल
सन्तोष कार्की
दिपेश श्रेष्ठ
अमर सिंह रटैला
दिपक बोहरा
रंजीत कुमार
गौतम केसी

जनकपुर बोल्ट्स
आसिफ शेख – मार्की
ललित राजवंशी
अनिल कुमार साह
रुपेश सिंह
किशोर महतो
आकाश त्रिपाठी
शुभ कंसाकर
शेर मल्ल
हेमन्त धामी
अरनिको प्रसाद यादव
तुलबहादुर थापा मगर

कर्णाली याक्स
सोमपाल कामी– मार्की
गुलशन कुमार झा
नन्दन यादव
मौसम ढकाल
अर्जुन घर्ती
देव खनाल
ऋत गौतम
भुवन कार्की
दिपेन्द्र रावत
दिपक डुम्रे
युनिश बिक्रम सिंह ठकुरी

काठमाडौं गोर्खाज
करण केसी – मार्की
शाहब आलम
भीम शार्की
रसिद खान
शंकर राना
दिपेश प्रसाद कँडेल
सुमित महर्जन
कृष्ण कार्की
बिबेक केसी
प्रतीक श्रेष्ठ
राजु रिजाल

लुम्बिनी लायन्स
रोहित कुमार पौडेल– मार्की
सूर्य तामाङ
बिबेक यादव
सन्दीप जोरा
आशुतोष घिरैया
तिलक राज भण्डारी
दुर्गेश गुप्ता
अर्जुन साउद
दिनेश अधिकारी
अभिषेश गौतम
बिकाश अग्री

पोखरा एभेन्जर्स
कुशल भुर्तेल – मार्की
सागर ढकाल
आकाश चन्द
किरण कुमार ठगुन्ना
नारायण जोशी
बिपिन खत्री
दिलीप नाथ
त्रित राज दास
सुनाम गौतम
दिनेश खरेल
अमृत गुरुङ

सुदूरपश्चिम रोयल्स
दिपेन्द्र सिंह ऐरी – मार्की
आरिफ शेख
अविनाश बोहरा
विनोद भण्डारी
इशान पाण्डे
अर्जुन कुमाल
खडक बहादुर बोहरा
नरेश बुढायर
भोजराज भट्ट
अमित श्रेष्ठ
नरेन साउद

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖