• Wednesday 7th of October 2026

महिला टी-२० विश्वकप: वेस्ट इन्डिजले स्कटल्याण्डलाई हरायो


  • धनकुटा खबर
  • .

काठमाडौँ – जारी आईसीसी महिला टी-२० विश्वकपमा वेस्ट इन्डिजले स्कटल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा वेस्ट इन्डिजले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

स्कटल्याण्डले दिएको १०० रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले ११.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो ।

यसअघि आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको वेस्ट इन्डिजको यो दोस्रो खेलमा पहिलो जित हो । त्यस्तै स्कटल्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ । यस अघि पहिलो खेलमा स्कटल्याण्ड बङ्गलादेशसँग पराजित भएको थियो ।

अब स्कटल्याण्डले अर्को खेल बुधबार दक्षिण अफ्रिकासँग खेल्दै छ भने वेस्ट इन्डिजले अर्को खेल बिहीबार बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖