काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको छ ।
अक्सनबाट लिगमा सहभागिता ८ फ्रेन्चाइज टोलीले ग्रेड ‘ए’ बाट तीन, ‘बी’ बाट चार र ‘सी’ बाट तीन गरि १० खेलाडी अनुबन्ध गरेका छन् । अक्सनमा भएका १६२ मध्ये ८० खेलाडी बिक्री भएका थिए ।
१२ खेलाडी अधिकतम मूल्य १५ लाख रुपैयाँमा विक्री भए । सहाब आलम, भीम सार्की, गुल्शनकुमार झा, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आरिफ शेख, प्रतिश जिसी, लोकेश बम, ललितनारायण राजवंशी, अनिलकुमार साह र सागर ढकालले अधिकतम १५ लाख रुपैयाँ प्राप्त गरे ।
राष्ट्रिय टोलीका विकेटकिपर अनिलकुमार साहलाई सबै ८ फ्रेन्चाइज टोलीले बोली लगाएका थिए । गुल्शनकुमार झा, लोकेश बम र रुपेश सिंहलाई समान टोलीले भित्र्याउन चाहेका थिए ।
अक्सनमा लुम्बिनी लायन्सले सबैभन्दा बढी ८४ लाख ७५ हजार तथा चितवन राइनोजले सबैभन्दा कम ६३ लाख रुपैयाँ खर्च गरेको थियो ।
यसैगरी पोखरा एभेन्जर्सले ८० लाख ५० हजार, जनकपुर बोल्ट्सले ७९ लाख २५ हजार, कर्णाली याक्सले ७४ लाख, सुदूरपश्चिम रोयल्सले ७४ लाख, काठमाडौं गुर्खाजलेले ७० लाख ५० हजार र विराटनगर किंग्सले ६६ लाख ५० हजार खर्च गरेका थिए ।
एउटा फ्रेन्चाइज टोलीले कम्तीमा ६५ र बढीमा ९० लाख खर्च गर्न प्रावधान थियो ।
नेपाल क्रिकेट संघ ९क्यान०को आयोजनामा प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुनेछ । अब टोलीले विदेशी कोटाबाट चार तथा र ‘ट्यालेन्ट हन्ट’ बाट कम्तीमा पनि एक खेलाडी अनुबन्ध गर्न बाँकी छ ।
यस्ता छन् अक्सनपछि एनपिएका टोली
काठमाडौं गुर्खाज :
करण केसी मार्की रहेको काठमाठौंले साहब आलम र भीम सार्कीलाई समान १५ लाख तथा राशिद खानलाई १० लाख रुपैयाँमा अनुबन्ध गर्यो ।
यसैगरी शंकर राना ९ लाख ५० हजार, दीपेश कँडेल, सुमित महर्जन र कृष्ण कार्की समान ५ लाख तथा विवेक केसी, प्रतिक श्रेष्ठ र राजु रिजाल समान २ लाख रुपैयाँमा काठमाडौं पुगे ।
चितवन राइनोजस्
कुशल मल्ल मार्की रहेको चितवनले रिजन ढकाल, कमलसिंह ऐरी र सरद भेषवाकरलाई समान १० लाख रुपैयाँमा अनुबन्ध गर्यो ।
यसैगरी टोलीले विपिन रावललाई ८ लाख, सन्तोष काकी, दीपेश श्रेष्ठ, अमरसिंह राउटेला र दीपक बोहरालाई समान ५ लाख, रञ्जित कुमारलाई ३ लाख तथा गौतम केसीलाई २ लाख रुपैयाँ खर्चिएर भित्र्यायो ।
कर्णाली याक्सस्
कर्णालीमा सोमपाल कामी ९मार्की० खेलाडी छन् । टोलीले गुल्शनकुमार झालाई १५ लाख र नन्दन यादवलाई ११ रुपैयाँ खर्चियो ।
यसैगरी कर्णालीले श्याम ढकाल९मौसम०, अर्जुन घर्ती र देव खेनालाई समान १० लाख तथा रित गौतम र भुवन कार्कीलाई समान ५ लाख, दीपेन्द्र राव र दीपक डुम्रेलाई समान ३ लाख तथा युनिसविक्रम सिंहलाई २ लाख रुपैयाँ खर्चिएर अनुबन्ध गर्यो ।
लुम्बिनी लायन्सस्
रोहितकुमार पौडेल मार्की रहेको लुम्बिनीले सूर्य तामाङ, विवेक यादव र सन्दीप जोरालाई अनुबन्ध गर्न समान१५ लाख रुपैयाँ खर्चियो ।
यसैगरी क्लबले आशुतोष घिरैया र तिलकराज भण्डारीलाई समान १० लाख, दुर्गेश गुप्तालाई ८ लाख, अर्जुन साउदलाई पाँच लाख, दीनेश अधिकारीलाई २ लाख ७५ हजार तथा अभिषेक गौतम र विकाश आग्रीलाई सामान २ लाख रुपैयाँमा मा भित्र्यायो ।
सुदूरपश्चिम रोयल्सस्
सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी छन् । टोलीले आरिफ शेखलाई १५ लाख, अविनाश बोहरालाई १२ लाख र विनोद भण्डारीलाई १० लाख रुपैयाँमा अनुबन्ध गर्यो ।
यसैगरी इशान पाण्डे ९ लाख ५० हजार, अर्जुन कुमाल,७ लाख ५० हजार, खड्क बोहरा र नरेश बुढाएर समान ५ लाख, अमित श्रेष्ठ ३ लाख ३५ हजार र नरेन साउद २ लाख रुपैयाँमा सुदूरपश्चिममा अनुबन्ध भए ।
विराटनगर किंग्सस्
सन्दीप लामिछाने मार्की रहेको विराटनगरले लोकेश बम र प्रतिश जिसीलाई समान १५ लाख र बसिर अहमद १० लाख रुपैयाँमा भित्र्यायो ।
यसैगरी राजेश पुलामी मगर, जितेन्द्र मुखिया, अनिल खरेल र दीपक बोहरा समान ५ लाख०, सुवास भण्डारी २ लाख ५० हजार तथा नरेन भट्ट २ लाख र मिर्नल गुरुङ समान २ लाखमा विरानगर पुगे ।
जनकपुर बोल्ट्सस्
जनकपरको मार्कीमा आसिफ शेख छन् । टोलीले ललितनारायण राजवंशी र अनिलकुमार साहलाई समान १५ लाख तथा रुपेशकुमार सिंह, आकाश त्रिपाठी र किशोर महतोलाई समान १० लाख रुपैयाँ खर्चिएर अनुबन्ध गर्यो ।
यसैगरी टोलीले शुभ कंशकार, शेर मल्ल, हेमन्त धामीलाई समान ५ लाख, अरनिकोप्रसाद यादवलाई २ लाख ५० हजार तथा तुलबहादुर थापालाई २ लाखमा भित्र्यायो ।
पोखरा एभेन्जर्सस्
पोखराको मार्कीमा कुशल भुर्तेल छन् । टोलीले सागर ढकाललाई १५ लाख, आकाश चन्दलाई ११ लाख ५० हजार, किरणकुमार ठगुन्ना नारायण जोशी, विपिन खत्री र दिलिप नाथलाई १० लाख खर्चिएर भित्र्यायो ।
यसैगरी तृतराज दास र सुनाम गौतम ५ लाख समान ५ तथा दीनेश खरेल र अमृत गुरुङ समान २ लाखमा पोखरा पुगे ।
