• Tuesday 6th of October 2026

फिलिपिन्समा बन्धक टासी भन्छन्: उद्वार गरिदिनुस, शौचालयको पानी खाँदै बस्या छु


  • धनकुटा खबर
  • .

अवैधानिक रुपमा अमेरिका जादैँ गरेका संखुवासभाका टासी शेर्पा यतिबेला फिलीपीन्समा पाँच महिनादेखि बन्धक छन्। शेर्पाले अहिले फिलीपीन्सबाट उद्धार गर्न माग गरिरहेका छन्। होटल मालिकले पैसा नतिरेको भन्दै त्यहाँबाट निकालिदिएको शेर्पाले बताए।

आफूले हप्तादिनसम्म केही खान नपाएको शेर्पाले नागरिकसँग टेलिफोनमा जानकारी दिए। आफू अप्ठेरोमा परेको भन्दै उनले एक भिडियो समेत सार्वजनिक गरेका छन्।

‘म स्वदेश फर्कन चाहन्छु। कति दिन भयो केही खान पाएको छैन। शौचालयको पानी खाँदै बसेको छु,’ उनले भने, ‘भर्‍याङको चिसो सिडीमा सुतेको छु। मेरो भएको कागजात र ३५ लाखसहित थप २४ सय डलर हस्त गौतमले लिएर गएको छ। मेरो शरीर बाहेक मसँग केही छैन्।’

दलाल हस्त गौतमले अवैधानिक रुपमा अमेरिका पठाउने भन्दै लाखौं पैसा शेर्पाको मात्र लिएका छैनन्। शेर्पा लगायत १३ जनालाई फिलिपीन्समा नै अलपत्रमा पारेको मानव बेचबिख अनुसन्धान ब्यूराले जनाएको छ।

पुर्वी रुकुम जन्मस्थान भएपनि हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका अमेरिकी नागरिक वर्ष ५२ को मृदुल भन्ने हस्त गौतम रुपन्देहीको बेलहीयाबाट गत भदौ २० गते पक्राउ भएको ब्यूरोले जानकारी दिएको छ। अहिले प्रहरी हिरासतमा हस्तको परिचालित अर्का एजेन्ट कमल तामाङ समेत छन्। त्यसरी बन्दकमा रहेका नेपालीको उद्धारको लागि सम्बन्धित निकायसंग आवश्यक समन्वय भइरहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन श्रेष्ठले बताए।-नागरिक न्यूज

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖