• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

एसिया कपको लाइभ अपडेट हाम्रो पात्रोमा हेर्न सकिने


  • धनकुटा खबर
  • .

काठमाडौं । आज बुधवारदेखि सुरु हुन गइरहेको एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ अपडेट हाम्रो पात्रोमा हेर्न सकिने भएको छ । लोकप्रिय एप हाम्रो पात्रोले खेलको लाइभ अपडेट दिने प्रेस नोटमार्फत जानकारी गराएको हो ।

हाम्रोपात्रो इंकका अनुसार एन्ड्रोइड एपमा एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ स्कोर देख्न सकिनेछ । यसका लागि एसियन क्रिकेट काउन्सिलको एपीआई प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

यो सुविधा प्रारम्भिक लन्चको लागि एन्ड्रोइड एपमा उपलब्ध हुने बताइएको छ, साथै क्रिकेट प्रतियोगिताको लाइभ स्कोर हेर्नका लागि प्रयोगकर्ताहरुले हाम्रो पात्रो एप अपडेट (Update) गर्नु पर्ने छ।

बुधबार प्रतियोगिताको उद्घाटन खेलमा नेपालले एक दिवशीय क्रिकेटमा विश्वकै पहिलो वरियतामा रहेको पाकिस्तानको सामना गर्दैछ ।

पाकिस्तान र श्रीलङ्कामा गरी दुई देशमा हुने यो प्रतियोगितामा नेपालको समूह चरणको अर्को खेल आउँदो सोमबार भारतसँग रहेको छ । फाइनल भने आउँदो ३१ भदौमा हुनेछ ।

हाम्रो पात्रोकै एपमा क्रिकेट खेलको लाइभ स्कोर हेर्ने सुविधाले प्रयोगकर्तालाई थप सहज हुने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖