• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

पाकिस्तानको २०० रन पूरा


  • धनकुटा खबर
  • .

काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा घरेलु टिम पाकिस्तानले नेपालविरुद्ध २०० रन पूरा गरेको छ ।

पाकिस्तानको मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको पाकिस्तानले नेपालविरुद्ध ३७.४ ओभरमा चार विकेट गुमाएर २०० रन पूरा गर्‍यो । पाकिस्तानबाट हाल क्रिजमा रहेको कप्तान बाबर आजम ९५ र र इफ्तिखर अहमेद ३२ रनमा खेलिरहेका छन् ।

एसिया कपमा ‘डेब्यू’ गरेको नेपाली टिमले सन् १९९२ को विश्वकप विजेतासमेत रहेको पाकिस्तानविरुद्ध पनि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको हो ।

एकदिवसीय वरीयताको १५औँ स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरुद्ध खेल्दै छ । आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖