• Sunday 4th of October 2026

पैसा उठाएर पार्टी प्यालेसमा तीजको दर खाने कार्यक्रम गर्न प्रशासनको रोक


  • धनकुटा खबर
  • .

काठमाडौ । जिल्ला प्रशासन कार्यालय कास्कीले खर्चिलो तथा भड्किलो तरिकाले तीज विशेष कार्यक्रम नगर्न जिल्लाबासीहरूमा अनुरोध गरेको छ ।

प्रशासनले एक सूचना जारी गर्दै स्वीकृतिबीना सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्देश्यले मेला–महोत्सव नगर्न पनि निर्देशन दिएको छ ।

पछिल्ला वर्ष तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला तथा भड्किला कार्यक्रम गर्ने परिपाटी मौलाउँदै गएको छ ।

त्यसले विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुगेको भन्दै प्रशासनले जिल्लाबासीलाई सचेत बनाएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले सूचनाविपरीत गरे–गराएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने/गरिने समेत जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖