• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

पाकिस्तानविरूद्ध नेपालको खराब सुरूवात


  • धनकुटा खबर
  • .

एसिया कपअन्तर्गत पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरूवात गरेको छ।
पाकिस्तानको मुल्तानमा जवाफी ब्याटिङ गरेको नेपालका ओपनरद्वय कुशल भुर्तेल ८ रन र आसिफ शेख ५ रनमा आउट भए।

यस्तै कप्तान रोहिल पौडेल डकआउट भए। नेपालले १.४ ओभरमा ३ विकेट गुमाउँदा १४ रन जोडेको थियो। कुशल र रोहितलाई शाहीन शाह अफ्रिदीले आउट गर्दा आसिफलाई नसीम शाहले सिकार बनाए।
त्यसअघि मध्यक्रमका दुई ब्याटरको शतकमा पाकिस्तानले नेपाललाई एसिया कप २०२३ को उद्‌घाटन खेलमा ३४३ रनको लक्ष्य दियो।
पाकिस्तानको मुल्तान रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन जोड्यो।
पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखर अहमदले शतक प्रहार गरे।

आइसिसी विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबरले १५१ रन जोडे। अन्तिम ओभरमा नेपालका सोमपाल कामीको बलमा क्याच हुनुअघि उनले १३१ बलमा १४ चौका र ४ छक्का प्रहार गरे।
यस्तै इफ्तिखरले नटआउट १०९ रन जोडे। उनले ७१ बलमा ११ चौका र ४ छक्का प्रहार गरे।
बाबर र इफ्तिखरबीच पाँचौ विकेटका लागि २२४ रनको साझेदारी भएको थियो।
त्यसअघि नेपालले पहिलो पावरप्लेमा पाकिस्तानका दुवै ओपनरलाई आउट गर्न सफल भयो।

नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका थिए। करणले फखर जमानलाई विकेटकिपर आसिफ शेखको उत्कृष्ट क्याचमार्फत् १४ रनमा आउट गरेका थिए। यस्तै कप्तान रोहितकुमार पौडेलले डाइरेक्ट हिटमार्फत् इमाम उलहकलाई ५ रनमा रनआउट गरेका थिए।
विश्वकै शीर्ष वरीयताको टिमबिरुद्ध नेपालले पहिलो पावर ‌ओभरमा २ विकेट लिँदा ४४ रन खर्चिएको थियो।
नेपालले तेस्रो विकेटको रुपमा मोहमद रिजवानलाई २३.४ ओभरमा ४४ रनमा रनआउट गर्‍यो। उनलाई दीपेन्द्रसिंह ऐरीले डाइरेक्स हिटमार्फत् रनआउट गरेका थिए।

नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिए। उनले अघा सलमानलाई ५ रनमा कुशल भुर्तेलबाट क्याच गराए।
बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिन सफल भए।
समूह ‘ए’ मा रहेको नेपालले समूहको अन्तिम तथा दोस्रो खेल भदौ १८ मा भारतसँग खेल्नेछ। सो खेल श्रीलंकामा हुनेछ।
त्यसअघि यो समूहको अर्को खेलमा भारत र पाकिस्तानबीच भदौ १६ मा श्रीलंकामा खेल हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖