सोलुखुम्बु : उनको टोलीले बिहीबार बिहान संसारको अग्लो सहर नाम्चेबाट तेंग्बोचेतर्फको यात्रा तय गरेको छ । यो टोलीको खास गन्तव्य सगरमाथाको आधारशिविर पुग्नु हो र संसारको अग्लो हिमाललाई सम्भव नजिकबाट आफ्ना मित्रहरुलाई सगरमाथा देखाएर मोन्टेश्वरी शिक्षामा आयाम थप्नु हो ।
उनले आफ्नो समूहको नाम ‘ग्लोबल क्लाइम्बिङ टीम’ भनेका छन् । उनी यो टीमको सहयोगमा नेपाल र पाकिस्तानमा विपन्न विद्यार्थी पढ्ने स्कूल पुनर्निर्माणमा हातेमालो गर्दैछन् । उनी अस्ट्रेलियाका तिनै मोन्टेश्वरी शिक्षक ग्याबिन म्ककोर्मक हुन् जसले नेपालमा आधा दर्जन स्कूलमा मर्मत सम्हार तथा पुस्तकालय निर्माण गरिसकेका छन् ।
उनको टोली गत साता नेपाल आइपुगेको हो । नेपाल आएलगत्तै एक हजार वर्ष पुरानो भक्तपुर सहर घुमेको उनको टोली भदौ १८ गते नुवाकोट जिल्लाको सुर्यगढी गाउँपालिका–४ स्थित कुण्डला आधारभूत स्कूल पुगेको थियो उक्त स्कूलमा करिब दुई लाख बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो ।
ग्याविन म्ककोर्मकसँगै यो साहसिक यात्रामा उनका अस्ट्रेलियन मित्रहरु ग्रेमी, जोशेस्पÞm तथा स्पेनकि पिलार , ब्रुनाईका मोहमद, दक्षिण अफ्रिकाका रसेल र भारतका राजेश छन् । उनीहरु सबै आगामी दुई हप्तासँगै यात्रा गर्नेछन र यात्राकै क्रममा गो फन्ड मार्फत पचार हजार डलर रकम उठाउने उनीहरुको लक्ष्य छ ।-सोलुएफएम
