• Tuesday 6th of October 2026

सुन किन्ने बहानामा चोरी गर्ने चार जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं उपत्यकाको विभिन्न सातभन्दा बढी स्थानमा सुन किन्ने बहानामा चोरी गरी फरार रहेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार स्कुटर प्रयोग गरी सुन पसलको गरगहना किन्ने बहानामा चोरी गर्ने तारकेश्वरका ३३ वर्षीय रत्न महर्जन, २२ वर्षीय सुमन पुतुवार, नुवाकोटका ३६ वर्षीय विरेन्द्र विक र स्थायी घर भारत भई हाल काठमाडौं बस्ने ३७ वर्षीय हनुमन्त फाँडे पक्राउ परेका छन् ।

उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖