• Tuesday 6th of October 2026

बाख्राले कोदो खाएको झोकमा वृद्धाको हत्या


  • धनकुटा खबर
  • .

धादिङ । बाख्राले कोदो खाएको निहुँमा धादिङमा एक वृद्धाको हत्या भएको छ। नेत्रावती डबजोङ गाउँपालिका-४ की ७० वर्षकी सुकमाया गुरुङको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय मंगल गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार १२ असोजको अपरान्ह ४ बजे सुकमायाको शव भेटिएपछि प्रहरीले अनुसन्धन सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानबाट हत्या भएको खुलेपछि प्रहरीले मंगल गुरुङको खोजी सुरु गरेकोमा उनलाई आफ्नो घरदेखि केही पर गोठमा लुकेर बसेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ। प्रहरीले हत्यामा पक्राउ गरेको खुर्पा पनि बरामद गरेको छ।

प्रहरीका अनुसार मृतक सुकमायाको गाईबाख्राले पटक पटक मंगलको अन्नबाली खाएको र घटना भएको दिन पनि सुकमायाको गाईबाख्राले मंगलको कोदो खाइदिएको थियो। सोही विषयमा विवाद हुँदा आफूले सुकमायालाई खुर्पा प्रहार गरेको मंगलले स्वीकार गरेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖