• Monday 5th of October 2026

फुटेको ब्याट बारे करण यसो भन्छन्…


  • धनकुटा खबर
  • .

काठमाडौ । एसियाड क्रिकेटअन्तर्गत भारतसँग नेपालले खेलेपछि क्रिकेटर करण केसी एउटा तस्वीर भाइरल भयो।

तस्वीरमा करणले बोकेको ब्याट फुटेको वा चर्केको जस्तो देखिन्छ। नेपामा मात्र होइन उक्त ब्याटबारे अन्तराष्ट्रिय रुपमा नै चर्चा भयो। नेपाली खेलाडिसंग एउटा राम्रो ब्याट समेत छैन भनेर विभिन्न टिका टिप्पणी भयो।

तर ‘फुटेको ब्याट’ आफ्नो मन परेको ब्याट भएको केसीले बताएका छन्। बिहीबार एक कार्यक्रममा केसीले सो ब्याट चर्केको आफूलाई थाहा नभएको र यसअघि पनि बनाएर नै सोहि ब्याटले खेलिरहेको बताएका छन्।

सञ्चारकर्मीहरुले ब्याट नभएर फुटेको ब्याटले खेल्नुभएको हो भनेर सोधेको प्रश्नमा केसीले भनेका छन्, ‘अरु ब्याट नभएर होइन्। त्यो मलाई मन परेको ब्याट भएर हो। एक लाखमा लिएको ब्याट हो। पहिला पनि बिग्रेको थियो बनाएर नै खेलेको हो मैले। अब पनि बनाउँछु।’

यसअघि पनि अर्का क्रिकेटर ललितनारायण राजवंशीले आफूसंग ब्याट नहुँदा अरु साथिहरुको मागेर खेलिरहेको बताएका थिए।

सोही विषयलाई लिएर सामाजिक सञ्जालमार्फत भारतीय व्यवसायी अनुपम मित्तलले ललितलाई प्रायोजन गर्न आफू तयार रहेको र उनलाई सम्पर्कमा ल्याइदिन अनुरोध गरेका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖