• Tuesday 6th of October 2026

मर्दको छोरो हु भन्दै नारायणहिटी दरबार अगाडि दुर्गा प्रसाईले हजारौ जनता उतारेपछि


  • धनकुटा खबर
  • .

काठमाडौँ । नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले आफ्नो व्यक्तिगत सम्बन्धका आधारमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई कार्यक्रममा बोलाउँदा आपत्ति जनाउनु पर्ने कुनै कारण नभएको बताएका छन् । आफू अहिले पनि नेकपा एमालेकै केन्द्रीय सदस्य रहेको उनको जिकिर छ ।

‘हो, म एमालेकै नेता हुँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानको कार्यक्रममा मैले राजसंस्था ल्याउने भनें र ? मैले कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई पनि पत्र पठाएको थिएँ ।

राजालाई पनि पत्र नै पठाएको हुँ । उहाँ आउनुभयो । बस्नुभयो, जानुभयो । व्यक्तिगत सम्बन्धका आधारमा कार्यक्रममा बोलाउँदा आपत्ति जनाउनु पर्ने के छ र ?’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रसाईले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖