• Tuesday 6th of October 2026

आन्द्राको क्यान्सर पीडित बालकको अपिल : ‘म बाँच्न चाहन्छु, आर्थिक सहयोग गर्नुहोस’


  • धनकुटा खबर
  • .

म्याग्दी । विगत १० महिना देखि आन्द्राको क्यान्सर रोगबाट पीडित रघुगंगा गाउँपालिका– २, भगवतीका १५ बर्षीय बालक संदिप परियारको परिवारले उपचारको लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै संदिपको परिवारले सहयोगको आग्रह गरेको हो ।

विगत १० महिनादेखि गण्डकी मेडिकल कलेज पोखरामा क्यान्सर रोगको उपचार भइरुहेको संदिपको आमा सुनमाया परियारले बताउनुभयो । उहाँले आफ्नो छोरालाई बचाईदिन आग्रह गर्दै सहयोगको अपिल गर्नुभएको छ ।

दैनिक कृषि र ज्याला मजदुरी गरेर घर परिवार चलाईराखेको सुनमायाले श्रीमानको कमाई र ऋणमार्फत छोराको उपचार गराउदै आउनुभएको छ । छोराको शरिरमा समस्या बढ्दै गएको छ, किमा चढाउदा लाग्ने रकम श्रीमानको कमाई नपुग्नेभएपछि सहयोगको अपिल गर्नुभएको छ ।

“श्रीमान साउदीमा रोजगारी गर्दै आउनुभएको छ, उहाँले कमाएको पैसाले पुग्न छोडेको छ । अहिल्यसम्म १२ लाख रुपैयाँ भन्दा बढी खर्च भईसकेको छ,” सुनमायलो भन्नुभयो “ परिवार नै यतिवेला छोराको उपचार खर्च जुटाउन गा्रहो छ, छोरा महँगो रोगको शिकार भएको छ, हाम्रो आर्थिक अवस्था अत्यन्तै दयनीय छ ।’

अस्पतालका डाक्टरले छोराको उपचार किमो मंहगो पर्छ भन्नुभएको छ। मुक्तिधाम माविको कक्षा ९ मा अध्ययनरत संदिप उपचारको कारणले पनि पढ्नबाट पनि बञ्चित भएका छन् । उनी छिटो निको हुन चाहन्छन् ।

‘११ वटा किमोमध्ये ४ वटा किमा लगाईसकेको छ, एक किमो बराबर एकलाख रुपैयाँ भन्दा बढी खर्च हुन्छ, अझै ७ वटा किमा लगाउन पर्ने छ, किमा लगाउने र परिक्षण गर्ने आर्थिक अभाव बढ्दै गएको छ। आर्थिक अभावले उपचार रोकिन्छ की भन्ने चिन्तनमा आमा बुवा हुनुहुन्छ ।’

उहाँले बचाउन सहयोगी हातहरुलाई आफ्नो प्रभु बैंकमा रहेको खाता नम्बरमा जम्मा गरिदिन आग्रह गर्नुभएको छ । खाताको नाम SANDIP PARIYAR 1630226832400014 Prabhu Bank आमा सुनमाया परियारको फोनम्वर ९७६५५९९३३६, ९८४४१९८१८०

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖