• Monday 5th of October 2026

विश्वकपमा पाकिस्तानको विश्व कीर्तिमान- घाइते रिजवानले खुट्टा घिसार्दै खेलेर शतक पूरा गरे


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतमा जारी एकदिवशीय विश्वकपअन्तर्गत मङ्गलवार भएको खेलमा पाकिस्तानले ३ सय ४५ रनको कीर्तिमानी लक्ष्य पुरा गर्दा विकेटकिपर मोहम्मद रिजवानले बहादुर र साहसिक खेलाडीका रूपमा खेल प्रेमीको मन जित्न सफल भए।

विशाल लक्ष्य पछ्याउनेक्रममा सुरुवातमै २ विकेट गुमाए पनि रिजवानले अब्दुल्लाह सफिकसँग एक सय ७६ रनको साझेदारी गर्दै सहज अवस्थामा ल्याइसकेका थिए । तर यी दुई ब्याट्सम्यान आउट भएको अवस्थामा श्रीलंका फेरी खेलमा हाबी हुन सक्थ्यो ।

३६.३ ओभरमा ३ विकेट गुमाएर २ सय ४६ रन जोडेको अवस्थामा रिजवान घाइते हुने पुगेपछि पाकिस्तानलाई संकट आइपर्ने देखिएको थियो ।

छक्का प्रहार गर्दा रिजवानले तिघ्रामा ‘क्र्याम्प’ सामना गरे । सामान्य उपचारपछि खेलमा फर्किएका रिजवानको खुट्टामा समस्या भएको स्पष्ट देखिन्थ्यो ।

उनी खुट्टा घिसार्दै दौडिन्थेँ। छक्का प्रहार गरेपछि व्यक्तिगत ८९ रनमा पुगेका रिजवानलाई थप ११ रन जोडेर शतक पूरा गर्न केही समय लाग्यो। उनी त्यसपछि पनि लगातार सम्हालिन नसकेर अस्थिर देखिएका थिए तर उनी क्रिज छाड्न तयार देखिएनन् ।

विश्वकप इतिहासमा यो खेललाई स्मरणीय बनाउँदै रिजवानले शतक मात्र पुरा गरेनन् टोलीलाई जित पनि दिलाए । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो तेस्रो शतक हो । उनले अविजित एक सय ३१ रन बनाउने क्रममा एक सय २१ बल खेल्दै तीन छक्का र ८ चौका प्रहार गरेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖