• Monday 5th of October 2026

बङ्गलादेशले न्युजिल्यान्डलाई दियाे २ सय ४६ रनकाे लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाण्डाै – आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा बङ्गलादेशले न्युजिल्यान्डलाई २ सय ४६ रनकाे लक्ष्य दिएकाे छ ।

चेन्नईमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे बङ्गलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४५ रन बनायाे । बङ्गलादेशका मुशफिकर रहिमले ६६, महमुदुल्लाहले नटआउट ४१ र कप्तान शाकिब अल हसनले ४० रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका लकी फर्गुसनले ३ तथा ट्रेन्ट बाेल्ट र म्याट हेनरीले २/२ विकेट लिए ।

न्युजिल्यान्ड २ खेलमा ४ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ भने बङ्गलादेश उति नै खेलमा २ अङ्कसहित छैटाैँ स्थानमा छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖