• Tuesday 6th of October 2026

यी हुन् एक खेल पनि नखेली विश्वकप जित्ने पहिलो खेलाडी


  • धनकुटा खबर
  • .

एजेन्सी । सन् १९८३ को एकदिवसीय विश्वकप इङ्ल्यान्ड र वेल्समा आयोजना भएको थियो । त्यो विश्वकपको उपाधि भने भारतले जितेको थियो ।

कपिल देवको कप्तानीमा रहेको भारतले फाइनलमा वेस्ट इन्डिजलाई ४३ रनले पराजित गरेको थियो । त्यो विश्वकप खेल्न सुनिल भालसन पनि भारतीय टोलीमा परेका थिए ।

त्यो विश्वकपमा भारतीय टोली समूह ‘बी’ मा परेको थियो । समूहगत चरणमा भारतले कुल ६ वटा खेल खेल्यो । त्यसपछि सेमिफाइनल र फाइनल गरी भारतले उपाधि जित्दासम्म कुल आठवटा खेल खेल्यो । तर, भारतीय टोलीमा रहेका सुनिल भालसनले भारतको तर्फबाट एक खेल पनि खेलेनन् ।

उनी विश्वकप विजेता भारतीय टोलीको सदस्य भने बने । त्यसैले उनी एकदिवसीय विश्वकपको इतिहासमा एक खेल पनि उपाधि जित्ने पहिलो खेलाडी बन्न पुगे । खासमा उनी बायाँहाते मध्यम तेज गतिका बलर थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖