• Tuesday 6th of October 2026

भारतसामु न्युजिल्याण्ड दबाबमा, गुमायो दुई विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । विश्वकप क्रिकेटको १३ औ संस्करणको खेल अन्तर्गत न्युजिल्याण्ड र भारतबिच खेल भइरहेको छ।आयोजक भारतले टस जितेर न्युजिल्याण्डलाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको छ।

भारतको हिमाचल प्रदेशको धर्मशालास्थित एचपिसिए स्टेडियममा नेपाली समय अनुसार दिउँदो २ः१५ बजे सुरु भएको यो खेलमा आयोजक भारतले २ विकेट लिएको छ ।

खेल सुरु भएको चौथो ओभरमै भारतका बलर मोहम्मद सिराजले न्युजिल्याडका सुरुवाती वाटर डेवन कॉन्वेलाई ० रनमा पेभेलियनको बाटो देखाएर दबाबमा राखेका छन। ३ दशमलव ३ ओभरमा डेवन कॉन्वे आउट हुँदा न्युजिल्याण्डले ९ रन जोडेको थियो । न्युजिल्याण्डले पहिलो ओभरमा कुनै रन बनाएन । दोस्रो ओभरमा ५ तथा तेस्रो ओभरमा ४ रन बनायो।

अर्को विकेट मोहम्मद समीले लिएका छन् ।

ताजास्थीतीमा न्युजिल्याण्डले १० ओभरमा २ विकेट गुमाएर ३४ रन बनाएर खेलिरहेको छ ।

जारी लिगमा भारत र न्युजिल्यान्डले कुनैपनि खेल गुमाएको छैन। त्यसकारण पनि आजको खेल रोमाञ्चक हुने देखिन्छ।

न्युजिल्यान्ड लिगको शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ। समान ४र४ खेल खेलेको दुवै टोलीले ४ वटैमा जित हात पारेपनि भारत रनरेटको आधारमा दोस्रो र न्युजिल्यान्ड पहिलो स्थानमा रहेको छ।

रोहित शर्माको कप्तानीमा रहेको भारत आजको खेलमा जित हात पार्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ भने न्युजिल्यान्ड आफ्नो स्थान कायम राख्न चाहन्छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖