• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

जाजरकोटमा भूकम्पमा ज्यान गुमाएकी उपप्रमुख सिंहको परिवारलाई दाबी भुक्तानी


  • धनकुटा खबर
  • .

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जाजरकोट शाखाले बीमा दाबी रकम भुक्तानी गरेको छ ।

जाजरकोट भूकम्पमा परी मृत्यु भएकी नलगाड नगरपालिका कि उप-प्रमुख सरिता सिंहको परिवारलाई ५ लाख ४० हजार रुपैयाँ बिमा दाबी रकम मंगलबार भुक्तानी गरेको हो ।

उपप्रमुख सरिता सिंहकी दिदी तारा कुमारी शाहीलाई उक्त चेक हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारीले बीमाको पहुँच दूर दराजका बस्तीसम्म पुर्‍याउन पर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖