• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

स्थानीयले अवरोध गरेपछि प्रहरी घेरामा अभियन्ता ईः को प्रदर्शन


  • धनकुटा खबर
  • .

काठमाण्डौ – फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध अभियन्ता ईः ले गरेको प्रदर्शनमा स्थानीयबासिन्दाले अवरोध गरेका छन् ।

स्थानीयबासिन्दाले अवरोध गरेपछि अभियन्ता ईः र उहाँका समर्थकहरुले हिजो प्रहरीको घेरामा ललितपुर महानगरपालिकाको भवन पुल्चोक अगाडि उभिएर प्रदर्शन गरेका थिए ।

ललितपुर महानगरपालिकाले पैदल यात्रु तथा गाडी ओहोरदोहोरमा अवरोध पुगेको भन्दै गएको मङ्सिर २४ गतेदेखि लगनखेल–मङ्गलबजार सडकमा बिहान र बेलुका राखिने फुटपाथ पसललाई रोक लगाएको छ ।

अभियन्ता ईः र उहाँका समर्थकहरुले फुटपाथ व्यवसायलाई निषेध नभइ व्यवस्थापनका वैकल्पिक उपायहरु अपनाउन माग गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖