• Monday 5th of October 2026

५६ बर्षिय अरबाज खानले गरे बिहे


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता अरबाज खान विवाह गरेका छन्।

उनले आइतबार प्रेमिका शुरा खानसँग विवाह गरेका हुन्। उनीहरूको विवाहमा नजिकका साथीभाइ र आफन्त मात्रै सहभागी थिए।

अरबाजले मुम्बईस्थित आफ्नो बहिनी अर्पिता खान शर्माको घरमा विवाह गरेका हुन्।

५६ वर्षीय अभिनेता अरबाजले दोस्रो पटक विवाह गरेका हुन्। यसअघि उनले अभिनेत्री तथा मोडल मलाइका अरोरासँग विवाह गरेका थिए। उनीहरूको ६ वर्षअघि डिभोर्स भएको थियो।

विवाह समारोहमा अरबाज र मलाइकाका छोरा अरहान खान पनि सहभागी भएका थिए। अरहान आमासँग बस्दै आएका छन्।

शुरा मेकअप आर्टिस्ट हुन्। ‘पटना शुक्ला’ को छायांकन सेटमा उनीहरूको पहिलो भेट भएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖