• Tuesday 6th of October 2026

विशेष चस्मा लगाएपछि मेनुकाले दिइन् इण्डियन आइडललाई धन्यवाद


  • धनकुटा खबर
  • .

इण्डियन आइडलमा उत्कृष्ट १० मा पुगेकी नेपाली गायिका मेनुका पौडेल एआई जडित विशेष स्मार्ट भिजन चस्मा प्राप्त गरेकी छन् । आइतबार प्रसारित शृङ्खलामा नेत्र चिकित्सकले मञ्चमा नै पुगेर उनलाई चस्मा दिँदै डेमो समेत गरे ।

चिकित्सकले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा प्रदान गरेका हुन् । अब मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने दाबी गरिएको छ । डेमोका क्रममा चस्मामा जडान भएको एआई सिस्टमले निर्णायक कुमार सानुलाई कुमार सानु अघि उभिएको बतायो ।

चस्मा प्राप्त गरेपछि मेनुकाले चिकित्सक र इण्डियन आइडललाई धन्यवाद दिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖