• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

लगातार पाँचौं दिन पनि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?


  • धनकुटा खबर
  • .

साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ।

सुनको मूल्य लगातार पाँचौं दिन पनि बढेको हो। गत सोमबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो।
अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

बिहीबार प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १४ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖