काठमाडौं— अन्नपूर्ण होटलको क्यासिनोबाट झन्डै एक करोड रुपैयाँसहित तीनजना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
बरामद रकममध्ये धेरै विदेशी मुद्रा रहेको छ । उनीहरू अनलाइन जुवा खेलाउन संलग्न रहेको बताएपनि प्रहरीले थप खुलाएको छैन ।
यही प्रकरणमा अरु पनि पक्राउ पर्ने सक्ने भन्दै प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।
