• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिएको छ।

सिमकोट गाउँपालिका कार्यवाहक अध्यक्ष नन्द रावतले आइतबार निकालेको सूचनामा फागुन १ गते मंगलबार गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, विद्यालयमा एक दिनको लागि बिदा दिने उल्लेख छ ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ साल फागुन १ गते सुरु भएको महान जनयुद्धको स्मरण र सम्मान गर्न उक्त दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

उता ‘जनयुद्ध दिवस’को अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖