• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

म्याकुरीलाई कुटेको आरोपमा शर्मिला वाइबा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रहरीले शर्मिला वाइबालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक प्रहरीले वाइबालाई बाह्रबिसेबाट पक्राउ गरेको हो ।

हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनी पक्राउ परेकी हुन् । काठमाडौं प्रहरीको सूचनाको आधारमा सिन्धुपाल्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी वाइबालाई काठमाडौं पठाउने तयारी सिन्धुपाल्चोक प्रहरीले गरेको छ । म्याकुरी र उनकी श्रीमतीबीचको विवादमा वाइबाले श्रीमतीलाई उचालेर कुटपिट गरेको उजुरी प्रहरीमा परेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖