• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

युट्यूबर मनोज मानव पुर्पक्षका लागि थुनामा


  • धनकुटा खबर
  • .

काठमाडौं । युट्यूबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतोलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा १६ माघमा पक्राउ परेका उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दएिको साइबर ब्यूरोका एसपी पशुपति रायले बताए ।

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि उनी पक्राउ परेका थिए । यसअघि महतो साइबर अपराधको कसूरमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖