• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

चन्द्रमाया अमेरिकामा मृत भेटिइन्, पति पक्राउ


  • धनकुटा खबर
  • .

अमेरिकामा नेपालीभाषी महिलाको हत्या भएको छ भने घटनामा संलग्न आरोपमा उनकै श्रीमान्‌ पक्राउ परेका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार अमेरिकाको क्युयाहोगा फल्स निवासी चन्द्रमाया पौडेलको हत्या भएको हो भने यसको आरोपमा उनका पति जेम्स रिमाललाई प्रहरीले पक्राउ गरेको हो। उक्त दम्पती नेपालबाट गएका भुटानी शरणार्थी भएको बताइएको छ।

आमाको हत्या र बुवा गिरफ्तार भएपछि उनीहरूका साना एक छोरा र दुई छोरीको बिजोग भएको छ।

३३ वर्षीया चन्द्रमाया क्युयाहोगा फल्सस्थित घरबाट गत बुधबार बिहानदेखि बेपत्ता भएकी थिइन्। यसपछि उनका पति ३३ वर्षकै जेम्स रिमालले पत्नी (चन्द्रमाया) घरबाटै बेपत्ता भएको भनी यही फेब्रुअरी २१ मा प्रहरीमा जानकारी गराएका थिए।

खोजीका क्रममा गत मंगलबार बिहान चन्द्रमायाको शव मिडलबरी रोडको समिट मेट्रो पार्क फ्रिडम ट्रेलनजिकैको जंगलमा फेला परेको थियो।

त्यही दिन प्रहरीले चन्द्रमायाका श्रीमान् रिमाललाई पक्राउ गरेको हो। रिमालले नै चन्द्रमायाको हत्या गरेको तथा प्रहरीलाई समेत झुटो विवरण दिएकोलगायत आरोप लागेको छ। घटनाबारे अनुसन्धान जारी छ। -नेपाल खबरबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖