• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

यसरी श्रीमतीले श्रीमानको जिब्रो टोकेर दुई टुक्रा पारेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । सिन्धुलीमा श्रीमतीले श्रीमानको जिब्रो टोकेर दुई टुक्रा बनाइदिएकी छन् ।

जिल्लाको कमलामाई नगरपालिका –६ रातमाटा बस्ने ३६ वर्षका सुरेश आले मगरको जिब्रो काटिएको हो । सामान्य घरायसी विवादका कारण आफ्नै श्रीमतीबाट उनले जिब्रो गुमाउनु परेको हो ।

आले मगरकी श्रीमती गङ्गा आले मगरले श्रीमानको जिब्रो टोकिदिँदा जिब्रो दुई टुक्रा भएको छ । आफ्नै श्रीमतीले जिब्रो टोकिदिएर दुई टुक्रा बनाइदिएपछि आले मगर अहिले थप उपचारको लागी धुलिखेल अस्पताल भर्ना भएका छन ।

मादक पदार्थ सेवन गरि श्रीमानको जिब्रो टोकेर छिनालिदिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आले मगर दम्पती दुवैले मादक पदार्थ सेवन गरि सामान्य घरायसी विवादका कारण उक्त घटना घटेको प्रहरीले जनाएको छ । जिब्रो टोक्ने गङ्गा आले मगर लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖