• Friday 16th of October 2026

युवा संयोजकले रास्वपा छोडे !


  • धनकुटा खबर
  • .

दोहा । कतार रास्वपाको स्थापनाकाल देखि सक्रीय हुँदै युवा सम्योजकको भुमिकामा रहदै काम गर्दै आउनुभएका समाजसेवि तथा युवा नेता रास्वपा कतारका युवा सम्योजक दिप भट्टराईले पार्टी परित्याग गरि नेकपा माओबदी केन्द्र प्रबेश गरेका छ्न !

माओबादी केन्द्रको प्रबासि संगठन नेपाली जनप्रगतिशिल मंच कतारको छैटौं महाधिबेसन सन्दर्भमा कतार आउनुभएका माओबादी केन्द्रका उप महासचिब जनार्दन शर्माले उनलाई खादा माला लगाएर पार्टि प्रबेस गराएका हुन ।

पार्टी प्रबेस गर्दै गर्दा भट्टराईले रास्वपामा रबिले ब्यक्तिबादी चरित्र देखाएको, सरकारको भ्रस्टाचार बिरोधि अभियानलाई नसघाई उल्टै दर्जनौ कान्डमा मुछिदै गए पछि ईमान्दार नेता कार्यकर्ता तथा समर्थकहरु रास्वपामा रहनै नसक्ने लज्जास्पद अबस्था आएर पार्टी छोडेको भट्टराईले बताए ।

उनले रास्वपा परित्याग गर्दै भनेका छन भ्रस्टाचार बिरुद्ध र देश निर्माणमा माओबादी अत्यन्तै ईमान्दार भएको देश र जनताको मन जित्दै गएकाले आफू पनि माओबादी केन्द्रमा प्रवेश गरेको बताएका छ्न ।-खबर केन्द्रबाट

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖