• Friday 16th of October 2026

यी हुन आफ्नै क्वाटरमा झुन्डिएको अवस्थामा भेटिएका सशस्त्रका डिएसपी बस्याल


  • धनकुटा खबर
  • .

इटहरी । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत फेला परेका छन् । धनपालथान गाउँपालिका–३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका हुन् ।

बस्याल धनपालथान गाउँपालिका–३ सोराभाग स्थित गुल्मका प्रमुख हुन् । कार्यालय परिसरमा रहेको क्वार्टरमा झुण्डिएको अवस्थामा डीएसपी बस्यालको शव भेटिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिएका छन् ।

बाहिर झ्यालबाट हेर्दा झुण्डिएको देखिने, तर कोठाभित्र अहिलेसम्म प्रहरी टोली प्रवेश नगरेको जानकारी दिंदै उनले भने, ‘परिवारका सदस्यलाई बोलाएका छौं, उहाँहरु आएपछि मात्रै भित्र पस्छौं ।’ बस्यालको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले सोमबार दिउँसो साढे ३ बजे बस्याल मृत भेटिएको जानकारी पाएको बताएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖