• Sunday 18th of October 2026

एमाले प्रमुख सचेतकमा बर्तौला, सचेतकमा सुनिता


  • धनकुटा खबर
  • .

काठमाडौं,२२ फागुन । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला नियुक्त भएका छन् ।

संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा बर्तौला र सचेतकमा सुनिता बराललाई मनोनयन गरेका हुन् ।

प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि यसअघिका सचेतक बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरिएको हो। सचेतक बनेकी बराल समानुपातिक सांसद हुन्।

बर्तौला गत वर्षको मंसिरमा भएको आम निर्वाचनमा नेकपा एकीकृत समाजवादीका भेट्रान नेता विरोध खतिवडालाई मकवानपुर-२ बाट संसद्मा पहिलो पटक प्रवेश गरेका हुन भने सुनिता पनि पहिलो पटक सांसद बनेकी हुन् । उनीहरु दुवैजना विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖