• Friday 16th of October 2026

डीएसपीको ‘सुसाइड नोट’ : मेरो गुल्मका केटाहरु सोझा छन्, अनुसन्धानका नाममा दु:ख नदिनू


  • धनकुटा खबर
  • .

काठमाडौं । मोरङमा सोमबार झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएका सशस्त्र प्रहरी बलका नायव उपरीक्षक (डीएसपी) उपेन्द्र बस्यालको ‘सुसाइड नोट’ फेला परेको छ।

प्रहरीले अनुसन्धानका क्रममा सुसाइड नोट फेला पारेको हो । ‘सुसाइड नोट’मा उहाँले आफ्नै कारण आत्माहत्या गरेको र कसैलाई दु:ख नदिन आग्रह गर्नुभएको छ ।

‘मैले आफ्नै कारण यो निर्णय गरेको हुँ। मेरो गुल्मका केटाहरु सोझा छन्। अनुसन्धानका नाममा दु:ख नदिनू’, सुसाइड नोटमा उहाँले लेख्नुभएको छ, ‘जिन्दीमा सोचेजस्तो केही गर्न सकिएन। विभागका लागि पनि खास केही गर्न सकिएन। मेरो कमाण्डमा त्यस्तो उल्लेख्य काम गर्न सकिँन। सबै राम्रोसँग बस्नू, सरी।’

बस्याल धनपालथान गाउँपालिका-३ स्थित सशस्त्र प्रहरी बलको गुल्मपति हुनुहुन्थ्यो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖