• Friday 16th of October 2026

शालिनको मृत्युमा जोडियो करेण्ट चाउचाउ !


  • धनकुटा खबर
  • .

काठमाडौं । चितवनकी शालिन पोखरेलको मृत्यु प्रकरणमा नयाँ तथ्य सार्वजनिक भएको छ ।

शालिन यही फागुन १२ गते रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतनको होस्टेलमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो । शालिनको मृत्यु प्रकरणमा अहिले करेन्ट चाउचाउ जोडिएको छ ।

शालिनसँगै छात्राबासको एउटै कोठामा बस्ने तीन साथी हुनुहुन्थ्यो। उहाँहरुले प्रहरीलाई बताए अनुसार छात्राबासको कोठा एउटै भएपनि तीन जनाको आआफ्नो सामान राख्ने बेग्लाबेग्लै बाकस थियो।

उहाँहरु तीनै जनाले खाना खानुअघि बिहान करेन्ट चाउचाउ खाने सल्लाह गर्नुभएको थियो। जुन साथीले चाउचाउ खाउँ भन्नुभएको थियो उहाँको बाकसबाट चाउचाउ निकाल्न खोज्दा नभेटिएपछि खोजतलास भयो।

साथीको बाकसमा चाउचाउ नभेटिएपछि सबैको बाकस खोजी गर्दा शालिनको बाकसमा चाउचाउ भेटिएको थियो। त्यसपछि सबैको सल्लाहमा यो कुरा शिक्षकलाई पनि नभन्ने सहमति गरी तीनै जना खाना खान तेस्रो तल्लामा रहेको छात्राबासको कोठाबाट ओर्लिनु भएको थियो।

तर, २ जना चौरतिर जाँदा शालिन खाना नखाई कोठामै फर्किनुभयो। अरुले खाना खाईसकेपछि पनि उनी नझरेपछि वोलाउन जाँदा त्यसपछि ढोका खुलेन। होस्टल वार्डेनलाई उहाँहरुले खबर गर्नुभयो। त्यसपछि ढोका फोर्दा शालिन झुण्डिएको अवस्थामा भेटिएको उहाहरुले प्रहरीलाई बताउनु भएको छ।

चाउचाउ प्रकरणले उहाँको दिमागमा आत्मग्लानी भएर आत्महत्याको बाटो रोजेको त होईन ? भन्ने प्रश्न उब्जिएको छ । शालिनले ‘एभ्रीबडी आइएम सरी, अहिलेसम्म मैले जति गल्ती गरेँ।’ भनेर सुसाइड नोट लेख्नुले पनि शालिन मृत्यु प्रकरणमा ‘करेन्ट चाउचाउ’ जोडिएको आशंका गरिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖