• Sunday 18th of October 2026

प्रचण्ड सरकारमा एमालेलाई उपप्रधानमन्त्रीसहित ८ मन्त्रालय


  • धनकुटा खबर
  • .

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धनमा मन्त्रालयको सिट संख्या लगभग टुंग्याएको छ ।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल सम्मिलित चार दलीय कार्यदलमा भएको सहमति अनुसार प्रचण्ड सरकारको मन्त्रीमण्डलमा सिट संख्या लगभग टुंगिएको हो ।

‘सिट संख्या लगभग टुंगिएको छ, अन्य दलसँग छलफल गरेर सबै मन्त्रालयको टुंगो गर्ने भन्ने छ,’ एक नेताले भने, ‘मन्त्रालयको जिम्मेवारी वाँडफाँड भने सरकारमा सहभागी हुने दलको टुंगो लागे पछि मात्रै निष्कर्षमा पुग्न कुरा छ ।

जसअनुसार एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने प्रारम्भिक सहमति भएको बाँकी मन्त्रालय नेकपा एसलगायतलाई दिइने बुझिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖