• Sunday 18th of October 2026

सहकारी ठगी प्रकरणमा फरार जिबी राई पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । सहकारी ठगीमा फरार रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका पार्टनर जिबी राई अर्थात गितेन्द्रबाबु राई पक्राउ परेका छन । यद्यपी उनको पक्राउको पुष्टि प्रहरीले गरेको छैन । कान्तिपुर टेलिभिजनले जिबी राई सिंगापुरबाट पक्राउ गरेको भन्दै न्युज ब्रेक गरेको छ ।

उपप्रधानमन्त्री रवि माथि नै जिबीलाइ विदेशमा लुकाएको आरोप लागेको थियो । सोही आरोपका बीचमा रवि गृहमन्त्री भएको २४ घण्टा पुरा नहुँदै जिबी पक्राउ परेका हुन । जिबी मलेसिया र सिंगापुरम लुकेर बसेको हल्ला चलेको थियो ।

रवि र जिबिले मिलेर सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनका लागि उनीहरूले सहकारी ठगी गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖