• Sunday 18th of October 2026

अहिलेको गठबन्धन जनता र राष्ट्रका समस्यालाई सम्बोधन गर्न केन्द्रितः विष्णु पौडेल


  • धनकुटा खबर
  • .

काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसदमा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दलहरु मिलेर सरकार बनाइनु स्वाभाविक भएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पौडेलले कुनै निश्चित दलसँग मात्रै सत्ता सहकार्य हुनुपर्छ भन्ने कहि कतै नभएको भन्दै संसद्भित्र जुनसुकै दलका बीच पनि सहकार्य हुनु स्वभाविक प्रक्रिया भएको बताएका हुन्।

उनले वर्तमान सरकार र गठबन्धनले संसद्को बाँकी कार्यकाल पूरा गर्ने उल्लेख गरे। पौडेलले मुलुकको सुशासन, समृद्धि र सामाजिक न्यायका लागि नयाँ गठबन्धन बनेको भन्दै यसलाई अविचलितरुपमा अघि बढाउनुपर्ने बताए।

त्यस्तै उनले विगतको गठबन्धनका समस्यालाई खुलस्तरुपमा राखेर सहज र संविधानसम्मतरुपमा विकल्प खोज्ने काम प्रधानमन्त्रीबाट भएकाले सवै दलले यसलाई सहज र स्वभाविकरुपमा लिनुपर्ने धारणा राखे।उनले अहिले भएको सहयात्रा जनता र राष्ट्रका समस्यालाई सम्बोधनमा केन्द्रित रहने पनि बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖