• Sunday 18th of October 2026

देश बनाउने भिजन ओली-प्रचण्ड कसैसँग पनि छैनः वामदेव गौतम


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ फागुन । राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले देश बनाउने भिजन अहिलेसम्मका कुनै प्रधानमन्त्री र नेतामा नरहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि देश बनाउने भिजनको कमी रहेको बताएका हुन् । उनले भीमसेन थापादेखि हालसम्मका कुनै प्रधानमन्त्रीले पनि म यसरी देशलाई विकसित बनाउँछु भनेर योजना प्रस्तुत गर्न नसकेको बताए ।

‘केपी ओलीसँग यो देश विकास गर्ने आधार के छ ? यो कसरी विकसित हुन्छ ? उहाँले कुनै आर्टिकले लेख्नु भएको छ ? बाहिर ल्याउनु भएको छ ? म यसरी गर्छु भनेर भन्न सक्नुहुन्छ ? प्रचण्डले त्यस्तो केही गर्नुभएको छ ? माधव नेपालले त्यस्तो केही गर्नु भएको छ ? कुनै नेताले यसो गरेको छ ? आजसम्म नेपालमा भएका प्रधानमन्त्रीहरु यो देशलाई म यसरी अगाडि बढाउँछु भनेर भन्ने समग्रमा भीमसेन थापाको पालादेखि आजसम्म कसैले न्यायएको छैन ।’ उनले भने, ‘विपी कोईराला, मनमोहन अधिकारी कसैले पनि ल्याउनु भएन । हाम्रो देशलाई उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा, वौद्धिक विकास गर्ने क्षेत्रमा, शिक्षा, स्वास्थ्यको क्षेत्रमा म प्रधानमन्त्री भएर यसरी देशलाई उठाउँछु, मेरो योजना यो छ भनेर न कसैले किताब लेख्नु भएको छ । न दुई अक्षरको आर्टिकले लेख्नु भएको छ ।’

साथै, उनले वर्तमान गठबन्धन सरकार बन्नु राम्रो पक्ष रहेको बताए । नेपाली कांग्रेससँग मिलेर जाँदा राज्य ठीक ढंगले सञ्चालन गर्न नसकिएकाले अहिलेको गठबन्धन आवश्यक परेको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖