• Sunday 18th of October 2026

नयाँ सत्ता गठबन्धनमा सामेल हुन साना दललाई एमालेको आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेले नयाँ सत्ता गठबन्धनमा सामेल हुन अन्य साना दलहरुलाई पनि आग्रह गरेकाे छ।

शुक्रबार बसेकाे एमाले सचिवालय बैठकलेपाँच दल सम्मिलित वर्तमान सरकारलाई साथ दिन अरु दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको हो। एमाले, माओवादी गठबन्धनमा हाल एमाले र माओवादीसहित रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी रहेका छन्।

बैठकपछि एमालेका महासचिव पोखरेलले जनताका निराशालाई आशामा बदल्नुपर्ने र मुलुकको हित र स्वाधिनताको रक्षा गर्नुपर्ने भएकाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा पाँच दल सम्मिलित सरकार गठन गरिएको भन्दै सरकारलाई साथ र समर्थनका लागि अरु दललाई अनुरोध गरेको बताए।

यसैगरी बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ। आगामी वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बस्ने तय गरेको हो।

त्यस्तै एमालेले पार्टी स्थापनाको ७५ औं वर्षगाँठ धुमधामले मनाउने निर्णय पनि गरेको छ। आगामी वैशाख १० गते काठमाडौंमा धुमधामले कार्यक्रम गर्ने तय भएको हो।

‘हामीले पार्टी स्थापनाको ७५ औं वर्षगाँठ मनाउँदैछौं। त्यही सन्दर्भमा देशभरबाट अगुवा कार्यकर्ता बोलाउने निर्णय पनि गरेका थियौं,’ महासचिव शंकर पोखरेलले सचिवालय बैठकको निर्णय सुनाउँदै भने, ‘आज बसेको बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖