• Sunday 18th of October 2026

माओवादी केन्द्रका गाउँ र नगरकमिटी अध्यक्ष एमालेमा प्रवेश


  • धनकुटा खबर
  • .

गुल्मी । नेकपा माओवादी केन्द्रका गाँउकमिटी अध्यक्ष र नगरकमिटी अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन्।
शनिवार गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा सुरु भएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका चन्द्रकोट गाँउकमिटी अध्यक्ष नवीन केसी र मुसिकोट नगरकमिटीका अध्यक्ष युवराज खरेल एमाले प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई एमालेका उपाध्यक्ष एवं अधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले माला लगाएर स्वागत गरेका थिए ।

एमालेमा प्रवेश गरेसँगै केसीले अब नेकपा एमालेको मूल प्रवाहमा रही एकीकरण र पार्टीले दिएको जुनसुकै जिम्मेवारी पूरा गर्ने उद्घोष समेत गरेका थिए ।

उनीहरूलाई एमाले प्रवेश गराउन नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एवं लुम्बिनी प्रदेशभाका सदस्य तथा पूर्व गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थी र केन्द्रीय सदस्य एवं चन्द्रकोट ,कालीगण्डकी , सत्यवती गाँउपालिका र मुसिकोट नगरपालिका इन्चार्ज गणेश खनालले सहजिकरण गरेका थिए ।

यसैगरी आगामी दिनमा आफू इन्चार्ज रहेका गाँउपालिका र नगरपालिकाका अन्य दलहरूलाई समेत एमाले प्रवेश गराउने दृढ संकल्पकासाथ आफू अगाडी बढेको खनालले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖