• Sunday 18th of October 2026

माओवादीका दुई अध्यक्ष एमाले प्रवेश


  • धनकुटा खबर
  • .

गुल्मीको मुसिकोट नगर र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

नेकपा (माओवादी केन्द्र) मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल र माओवादीकै चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नवीन केसी एमालेमा प्रवेश गरेका हुन्।

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, स्थाई कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य सूर्य थापा सहितका केन्द्रीय नेताले उनीहरूलाई एमालेमा प्रवेश गराएका हुन्।

एमालेमा प्रवेश गर्दै मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेलले केन्द्रमा कार्यगत एकता भइसकेकाले अब कम्युनिष्ट शक्ति एक हुनुपर्ने दबाब दिन एमालेमा प्रवेश गरेको बताए। ‘सबै कम्युनिष्ट पार्टीहरुको मिलनले नै मुलुकको हित गर्छ’ उनले भने, ‘दुई पार्टी एक हुनुपर्छ भन्ने सन्देश सहित पार्टी परिवर्तन गरेका हौं।’

कम्युनिष्ट नेताहरू जुट्ने फुट्ने गर्दा आम जनताले गलत धारणा बनाउन थालेकाले एकता गरेर जानुपर्ने उनीहरूको धारणा थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖