• Sunday 18th of October 2026

जिबी राईबारे रवि लामिछानेलाई जति थाहा छ अरु कसैलाई थाहा छैनः वाईसीएल अध्यक्ष शेर्पाली


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुवोधराज शेर्पालीले सहकारी ठगी अभियोगमा फरार जिबी राईबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई जति अरु कसैलाई थाहा नभएको टिप्पणी गरेका छन् । पछिल्लो समय लामिछानेनै गृहमन्त्री बनेको अवस्थामा अब सहकारी पीडितहरुले न्याय पाउनुपर्ने उनको भनाइ छ । जिबीजस्ता सहकारी ठगहरु जुनसुकै ब्राण्डका मास्क लगाएका भएपनि उनीहरुले उन्मुक्ति पाउन नहुने अध्यक्ष शेर्पालीको भनाइ छ ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः

मा.रवि लामिछानेलाई जति थाहा छ जिबि राईबारे अरु कसैलाई थाहा छैन । कस्तो संयोग, अहिले देशको गृहमन्त्री नै उहाँ बन्नु भएको छ । अब छिट्टै हजारौं सहकारी पीडीतले न्याय पाउन । जिबिहरु जुनसुकै ब्रान्डको मास्क लगाए पनि नउम्कुन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖