जनकपुरधाम,धनुषाका एक युवकसँग ‘लिभ इन रिलशनशीप’ मा बसिरहेकी एक भारतीय युवती बिचल्लीमा परेकी छन् ।
हंसपुर नगरपालिका -२ स्थित बघचौडा बस्ने कृष्णकुमार मण्डलले दुई वर्षसम्म लिभ इन रिलेशनमा बसेर आफुलाई धोका दिई अन्याय गरेको युवतीको आरोप छ ।
भारतको झारखण्ड राज्यको दक्षिणी सिंहभ्रुम ग्राम चिरिया पञ्चायत बस्ने २४ वर्षीया ती युवतीले कृष्णले आफुमाथि अन्याय गरेको भन्दै न्याय खोज्दै जिल्ला प्रहरी कार्यालय धनुषा पुगेकी छन् ।
प्रेमी कृष्णले धोकाधडीसँगै नागरिकको स्मितासँग खेलवाड गरेको भन्दै गत फागुन १८ गते ती युवतीले जिल्ला प्रहरी कार्यालयको महिला सेलमा निवेदन दिएकी छन् ।
ती युवतीका अनुसार करिब पाँच वर्षअघि समाजिक संजाल फेसबुकमा दुबैजनाको भेट भएको थियो । विस्तारै मित्रता प्रगाढ हुँदै गयो ।
ती युवती नर्स पढ्दै थिइन् भने कृष्णले फार्मेसी पढ्दै थिए । मित्रता प्रेम समबन्धमा बदलियो ।
दुबैजना निरन्तर भेटघाट गर्न थाले । तर होस्टेलमा बसिरहँदा दिनदिनै भेटघाट गर्न दुबैजनालाई अप्ठ्यारो हुन थाल्यो ।
‘उनले विवाहै गर्ने प्रमिस गरेपछि हामी चिनजान भएको तीनवर्षपछि लिभइनमा बस्न थाल्यौँ । त्यस बीचमा म दुई पटक गर्भवती भएँ । कृष्णले जबर्जस्ती मलाई गर्भपतन गर्न लगाए । जबकी म कुनै हालतमा बच्चा जन्माउन चाहन्थे । तर उनले पछि बच्चा लिउँला भनेर मलाई गर्भपात गराउन बिबस बनायो,’ समाजिक फीडसँग ती युवतीले दुखेसो पोख्दै भनिन् ।-सामाजिक फिडबाट
