• Friday 16th of October 2026

रुसीसेनाको जालो तोडेर उदयपुरका राजेन्द्र दाहाल फर्किए स्वदेश


  • धनकुटा खबर
  • .

गाईघाट / रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध लडेका उदयपुरका राजेन्द्र दाहाल भागेर स्वदेश आइपुगेका छन् । त्रियुगानगरपालिका वडा न.११ का दाहाल सोमबार मात्र एजेन्ट मार्फत स्वदेश आइपुगेका हुन् ।

तालिम गरेको २८ दिनमै युक्रेनको तुकमाक भन्ने ठाउँमा युद्धमा होमिएको र आफु संगै गएका पाँचजना नेपाली मध्ये तीनजना युद्धमा मारिएको दाहालले बताए । लगातार युद्धमैदानमा होमिएर बाँच्न सफल आँखा र हातमा समस्या भएपछि युद्ध मैदानमा जानबाटै जोगिएका दाहाल अस्पताल भर्ना भएको बेला तेही बाट उम्किएर स्वदेश फर्किन सफल भएको हो ।

रुसी सेनामा जानु सिधै मृत्युको मुखमा जानु हो अब कोही नजान दाहालले आग्रह समेत गरेका छन् । कष्टपूर्ण जीवन काट्दै स्वदेश फर्कन सफल उनी परिवारसंग भेटेपछि नयाँ जीवनको आभाष गरिरहेका छन्

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖