• Sunday 18th of October 2026

उपेन्द्र यादव बने स्वास्थ्यमन्त्री


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवसँगै दुई जना मन्त्री नियुक्त गरेका हुन्। यादव स्वास्थ्यसँगै उपप्रधानमन्त्री बनेका हुन्।

उनीसँगै दाहाल सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ। यसअघि नेकपा (एमाले)बाट रघुवीर महासेठ, नेकपा (माओवादी केन्द्र)बाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रवि लामछिाने उपप्रधानमन्त्री बनेका थिए। आज नियुक्त भएका यादवलाई उपप्रधानमन्त्रीको वरियतामा चौथो नम्बरमा राखिएको छ।

त्यस्तै, जसपाबाट नवलकिसोर साह पनि मन्त्री बनेका छन्। साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

नवनियुक्त दुवै मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति पौडेलले दुवै जनालाई शपथ खुवाएका छन्।

योसँगै २२ सदस्यीय मन्त्रिपरिषद् बनेको छ। अहिलेसम्म सरकारमा एमाले, माओवादी, रास्वपा र जसपा सहभागी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖