काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालयमा कुटाकुट भएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमाकार्यसम्पादन समितिको बैठकबाट नेताहरु बहिरिदै गर्दा नेता ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको हो ।
कार्यसम्पादन समिति बैठक खाना खाएपछि पुनस् बस्ने गरी स्थगित भएको छ। बैठक स्थगित भएपछि बाहिर निस्कँदै गर्दा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्षबाहिर श्रेष्ठमाथि हातपात भएको हो।
कार्यसम्पादन समिति बैठकमा नेता श्रेष्ठले भ्रष्टाचारका विषयका कुरा राखेका थिए । त्यसबेला नेता विक्रम पाण्डेसँग भनाभन भएको थियो ।
बैठकपछि पाण्डेनिकटले श्रेष्ठमाथि हातपात गरेको आरोप लागेको छ। राप्रपा केन्द्रीय कार्यालयले भने सिसी टिभी फुटेज हेरेर कारबाही प्रक्रियामा जाने जनाएको छ।
