• Sunday 18th of October 2026

पाँच लाख भारतीय र साढे दुई लाख नेपाली रुपैयाँसहित चारजना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेमा भारतीय र नेपाली रुपैयाँसहित चारजना पक्राउ परेका छन् । वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बीआर ०१एआर२९९१ नम्बरको भारतीय कारमा चेकजाँच गर्ने क्रममा गएराति प्रहरीले रकम बरामद गरेको हो ।

कारको सिटमुनी लुकाई छिपाई ल्याएको भारतीय रुपैयाँ ५०० को नोट एक हजार ४२ थान (पाँच लाख एक्काइस हजार), २०० को नोट ९३ थान (१८ हजार ६००), १०० को नोट ९३ थान (नौ हजार तीन सय), ५० को नोट चार थान (दुई सय) गरी पाँच लाख ४९ हजार १०० भारतीय रुपैयाँ बरामद गरिएको हो ।

त्यस्तै, नेपाली रुपैयाँ एक हजारको नोट १५० थान, ५०० को नोट २०० थान गरी दुई लाख ५० हजार रुपैयाँ फेला पारिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा कार चालक भारतको विहार राज्य सीतामणी थाना–९ भुभैरवो बस्ने ३० वर्षीय राकेश कुमार, सोही कारमा सवार सोही ठाउँका ३० वर्षीय चन्द्र बाबु, ३७ वर्षीय अशोक राय र सुनसरीको कोसी गाउँपालिका–४ बस्ने ३२ वर्षीय निजाम मिया छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖