• Sunday 18th of October 2026

अब कसैले पनि चुनाव भन्दाअघि गठबन्धन गर्ने कल्पना गर्दैनन्ः महामन्त्री थापा


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताएका छन् ।

आइतवार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले कसले कसलाई धोका दिन्छ भन्नेकुराको चेतसँगै अब चुनावअघि गठबन्धन नहुने बताए । उनले नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्नेकुरा समयसँगै खुल्दै जाने बताए । थापाले चुनावअघिको गठबन्धनले राजनीतिक भ्रष्टीकरण गरेको जिकिर गरे ।

उनले भने, ‘हामीले केही दिनअघि नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको देख्यौँ । यसको अन्तर्यमा के छ भन्नेकुरा समयसँगै खुल्दै जाला । नेताहरु मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा शुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको थियो, भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो र थप खोक्रो बनाउँथ्यो । अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन । किनभने कसले कसलाई धोका दिन्छ, त्यसको हिसावकिताव हुन्छ । यो मानेमा हेर्ने हो भने सबैलाई चेत खुलेको छ ।’

महामन्त्री थापाले मिश्रित निर्वाचन प्रणालीलाई पनि विकृत बनाइएको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖